← समाचारमा फर्कनुस्
Cricket Aug 29, 2024 · Swadesh

विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्न क्रिकेट खेलाडीलाई जनही तीन लाख पुरस्कार

विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्न क्रिकेट खेलाडीलाई जनही तीन लाख पुरस्कार

 काठमाण्डौं । नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न आइसीसी टि-२० विश्वकपमा सहभागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमलाई नगदसहित सम्मान गर्ने भएको छ। 

बिहिवार बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले सो निर्णय गरेको हो। 

गत विश्वकमा सहभागि खेलाडी र प्रशिक्षकले जनही तीन लाख पाउने भएका छन् भने टिमका ब्यवस्थापक लगायतले जनही एक लाख ५० हजार दिन क्याने जनाएको छ। 

उक्त विश्वकपमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको भन्दै क्यानले सम्मान गर्न लागेको हो। सो विश्वकमा नेपाल बंगलादेशसँग २१ रन, नेदरल्यान्ड्सँग ४ विकेटले पराजित हुँदा रोमाञ्चक खेलमा दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको थियो। यस्तै, श्रीलंकाविरुद्धकाे खेल भने बर्षाको कारण रद्द हुँदा एक अंक बाँडेको थियो।

यस्तै क्याने अन्य विभिन्न आठ वटा निर्णय पनि सार्वर्जनिक गरेको छ।



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →