← समाचारमा फर्कनुस्
मलेसियालाई नेपालले २७ रनले हरायो

काठमाडौ- मलेसिया भ्रमणमा रहेको नेपली महिला क्रिकेट टिमले तेस्रो टी-२० खेलमा मलेसियालाई २७ रनले पराजित गरेको छ ।
नेपालले जितका लागी दिएको १११ रनको लक्ष्य पछाएको मलेसियाले २० ओभरमा ४ विकेट गुमाएर ८३ रन मात्र बनायो।
उसका लागी माहिराह इज्जति इस्मैलले सर्बाधिक ४४ रन बनाइन।
नेपालको लागी कबिता कुँवर, सिता राना मगर र इन्दु बर्माले समान १-१ विकेट लिए।
वाईएसडी युकेएम ओभल मैदानमा टस हारेर पहिला ब्याटिंग गरेको नेपालले पुरा ओभर खेल्दै ५ विकेटको क्षतिमा ११० रन बनाएको थियो।
नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्बाधिक २७ रन बनाउदा ज्योति पाण्डेले २३, सित राना मगरले २१ र इन्दु बर्माले २० रन बनाएकि थिइन।
यो जितसंगै पाच खेलको सिरिजमा नेपालले २-१ को अग्रता बनाएको छ। पहिलो खेलमै पराजित भएको नेपालले त्यसपछि लगातार दुई खेल जितेको हो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |