← समाचारमा फर्कनुस्
मलेसियासंग नेपाल ४ विकेटले पराजित

काठमाडौ- मलेसियामा भ्रमणमा रहेको नेपाली महिला टोलि मलेसियासंग चार विकेटले पराजित भएको छ।
जितका लागी मलेसियाले पाएको ९७ रनको लक्ष्य अन्तिम बलमा चौका हान्दै पुरा गर्यो।
नेपालका लागि कप्तान रुविना क्षेत्री, कविता कुँवर, कविता जोशी र सीता रानामगरले समान १/१ विकेट लिईन् ।
यो नतिजासंगै पाच खेलको सिरिज २-२ को बराबरिमा पुगेको छ। पहिलो खेल गुमाएको नेपालले उत्क्रिष्ट कमब्याक गर्दै सिरिजमा २-१ ले अगाडी रहेको थियो।
आजको खेल जितेको अवस्थामा नेपालले सिरिज १ खेल अगावै जित्ने थियो।
टस जित्दै सुरुवाती ब्याटिंग गरेको नेपालले पुरा ओभर खेल्दै ९६ रन बनाएको थियो।
नेपालका लागी इन्दु बर्माले सर्वाधिक ३२ रन बनाउदा बिन्दु रावलले २४ रन, कविता कुवँरले १२ रन बनाउदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |