← समाचारमा फर्कनुस्
Cricket Oct 03, 2023 · Shishir

एसियाडमा नेपाली क्रिकेट टोली भारतसंग पराजित

एसियाडमा नेपाली क्रिकेट टोली भारतसंग पराजित

काठमाडौँ । नेपाललाई २३ रनले हराउँदै भारत जारी एशियन गेम्स अन्तर्गत क्रिकेटको सेमिफाइनलमा पुगेको छ। 

भारतले दिएको २०३ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ९ विकेट गुमाउदै १७९ रन बनाएको थियो।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ३२ रन बनाए भने कुशल मल्ल र सन्दीप जोराले २९/२९ रन बनाएका थिए। 

त्यस्तै कुशल भुर्तेलले २८, आसिफ सेखले १०, कप्तान रोहित पौडेलले ३, सोमपाल कामीले ७, गुलशन झाले ६ रन बनाएका थिए। त्यस्तै करण केसीले १८ र सन्दीप लामिछानेले ५ रन बनाएका थिए।

यता भारतीय बलर रवि बिस्नोई र आभेस खानले ३/३ विकेट लिए भने अर्शदीप सिंहले २ विकेट लिएका थिए। त्यस्तै साइ किशोरले एक विकेट लिएका थिए।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले २० ओभरमा ४ विकेट गुमाउदै २०२ रन बनाएको थियो ।

योसँगै भारत सेमिफाइनलमा पुगेको छ भने नेपालको एशियन गेम्सको क्रिकेटमा यात्रा समाप्त भएको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →