← समाचारमा फर्कनुस्
नेपाली राष्ट्रिय क्रिकेट टिम दक्षिण अफ्रिका प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम गएराती दक्षिण अफ्रीका प्रस्थान गरेको छ ।
जिम्बाव्वेमा हुने एकदिवशीय विश्वकप क्वालिफायरका लागि अभ्यास खेल खेल्न नेपाली राष्ट्रिय क्रिकेट टिम दक्षिण अफ्रिका प्रस्थान गरेको हो ।
नेपाली क्रिकेट टिमले दक्षिण अफ्रिकामा स्थानीय टिमहरुसँग चार अभ्यास खेल खेल्नेछ र उतैबाट नेपाली टिम जिम्बाव्वे प्रस्थान गर्नेछ । नेपालले जिम्बाबेमा ३० र ३२ जेठमा ओमान र यूएईसँग अभ्यास खेल खेल्ने तालिका रहेको छ ।
नेपाली टिम: रोहित पौडेल (कप्तान) कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |