चीनसंग खेल्ने युवा टोली घोषणा

नेपाली युवा टोलीले चीनको युवा टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने राष्ट्रिय युवा टोली घोषणा गरेको छ । चीनियाँ नयाँ वर्षको अवसरमा चीनको प्रस्तावमा २३ वर्ष मुनिको मैत्रीपूर्ण फुटबल शनिबार हुन लागेको हो ।
नेपालको युवा टोलीको जिम्मा मुख्य प्रशिक्षक भिसेन्जो एनिसले पाएको छ ।
नेपाली टोली
पुजन होना, अजय चौधरी, पदम भट्टराई, छिरिङ लामा, योगेश गुरुङ, बिशाल बस्नेत, समिर तामाङ, प्रशान्त लक्षम, सञ्जिव विष्ट, लाकेन लिम्बु, उत्सव राई छन् ।
यस्तै सन्तोष खत्री, रोहन कार्की, चन्दन कुमार, विशाल सुनार, कुशल देउवा, सुमित श्रेष्ठ, आयुश घलान, एरिक विष्ट, मनिष डाँगी, सन्तोष महत, निरन्जन धामी र अन्जल महर्जन नेपाली टिममा छन् ।
नेपालसँग मैत्रीपूर्ण फुटबल खेल्न यान्सुको प्रान्तिय टिम बिहीबार नेपाल आईपुगेको छ ।
मैत्रीपूर्ण खेल दिउँसो ३ बजे सुरु हुनेछ भने साधारणतर्फ रू ३०० र भिआईपीतर्फ रू ५०० टिकट दर तोकिएको छ ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |