← समाचारमा फर्कनुस्
मलेसियालाई हराउँदै नेपाल इष्ट जोन च्याम्पियन

काठमाडौँ । एसीसी पुरुष यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।
सम्पन्न फाइनलमा नेपालले घरेलु टिम मलेसियालाई २२१ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
नेपालले दिएको २५३ रनको लक्ष्य पक्षाएको मलेसिया १४.४ ओभरमा सबै विकेट गुमाएर ३१ रन मात्रै बनाउन सक्यो ।
यता पाहुना टोली नेपालका लागि अभिषेक तिवारीले एक्लैले ५ विकेट लिए भने सन्तोष यादवले ३ तथा सागर गैरे र स्शोक धामीले एक विकेट लिएका थिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले ३५ ओभरको खेलमा ८ विकेट गुमाउदै २५२ रन बनाएको थियो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |