← समाचारमा फर्कनुस्
Cricket Jun 18, 2023 · Shishir

जिम्बावेविरुद्ध नेपालद्वारा २९१ रनको विशाल लक्ष्य

जिम्बावेविरुद्ध नेपालद्वारा २९१ रनको विशाल लक्ष्य

काठमाडौ-  आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत पहिलो खेलमा जिम्बाबेविरुद्ध नेपालले  २९१ रनको लक्ष्य दिएको छ ।

जिम्बाबेविरुद्ध टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउदै २९० रन बनाएको हो ।

नेपालका लागी ओपनर कुशल भुर्तेलले सर्वाधिक ९५ बलमा ९९ रनको योगदान दिए ।

नेपाले आजको खेलमा कीर्तिमानी ओपनिङ साझेदारी गरेको थियो। ओपनिङमा कुशल भुर्तेल र आशिफ शेखले १७१ रनको साझेदारी गरेका थिए।

त्यस्तै आसिफ सेखले ६६ रनको पारी खेले। कुशल मल्लले ४१ रन बनाए भने कप्तान रोहित पौडेलले ३१ रन , गुलशन झाले १३ रन , आरिफ सेखले १० रन,  दिपेन्द्र सिंह ऐरीले ६, भीम सार्कीले रनको खाता खोल्न सकेनन्। त्यस्ता करण केसीले २ रन बनाए ।

जिम्बावेका लागि रिचार्ड नगर्भाले सर्वाधिक ४ विकेट लिदा विलिङ्टन मासाकाट्जाले २ विकेट लिए । ब्लेसिङ्ग मुजवानी र टेन्डी चताराले समान १/१ विकेट लिए।

नेपालको प्लेईङ–११

आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल (कप्तान), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, करण केसी, सोमपाल कामी र सन्दीप लामिछाने


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →