विश्वकप छनोटः नेपाल र अमेरिका भिड्दै

काठमाडौ- जिम्बाबेमा जारि आइसीसी क्रिकेट विश्वकप छनोटमा नेपालले आज अमेरिकासंग खेल्दैछ।
खेल नेपाली समय अनुसार अपराहन्न १२: ४५ बजेदेखि सुरु हुनेछ।
पहिलो खेलमा पराजय व्यहोरेको नेपाल आजको खेल जित्नै पर्ने दबाबमा रहेको छ। त्यस्तै अमेरिकाले पनि पहिलो खेलमा वेस्ट इन्डिजसँग पराजय व्यहोरेको थियो।
नेपालले दोस्रो खेल असार ५ गते अमेरिकासँग खेल्नेछ । असार ७ गते विश्वविजेता वेष्ट इन्डिजसँग खेल्ने नेपालले समूह चरणतर्फ आफ्नो अन्तिम खेल नेदरल्यान्ड्ससँग असार ९ गते खेल्नेछ ।
विश्वकप क्वालिफायर खेल्ने १० देशलाई दुई समुहमा बिभाजन गरिएको छ ।
जसमा समूह ए मा नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स रहेका छन् भने समूह बी मा आयरल्यान्ड, श्रीलंका, युएई, स्कटल्यान्ड र ओमान रहेका छन् ।
दुवै समुहका शीर्ष तीन टोली सुपर सिक्समा स्थान बनाउने छन् । सुपर सिक्समा अर्का समूहबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा गर्नेछन् ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |