← समाचारमा फर्कनुस्
Cricket Nov 29, 2025 · Swadesh

नेपालको युवा टोली एसिया कपमा

नेपालको युवा टोली एसिया कपमा

काठमाडौँ। एसीसी यु–१९ प्रिमियर कपको सेमिफाइनलमा मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेसँगै एसिया कपमा छनोट भएको हो।

 

मलेसियाले दिएको ५२ रनको सामान्य लक्ष्य नेपालले ७.५ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो। नेपालका लागि भन्स क्षेत्री २७ बलमा सर्वाधिक २३ रन  बनाए। 


यस्तै, निश्चल खत्रीले १८ बलमा १५ रन बनाउँदा ओपनर निरजकुमार यादवले ४ रन बनाएर आउट भए।


त्यसअघि यूएईको अजमनमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले १७‍।२ ओभरमा सबै विकेट गुमाएर ५२ रन बनाएको थियो। मलेसियाको लागि हम्जाह पङ्गगीले २० बलमा सर्वाधिक १३ रन बनाए। यस्तै, मोहमद फतुलले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले रन बनाउन सकेनन्।


मलेसियालाई कम स्कोरमा रोक्न नेपालका लागि नितिश कुमार पटेलले सर्वाधिक चार, चन्दन रामले तीन, कप्तान अशोक धामी, अपराजित पौडेल र रोसन विश्वकर्माले समान एक विकेट लिए।


नेपालले अब उपाधिको लागि ओमान र यूएईबीच जारी दोस्रो सेमिफाइनलको विजेतासँग सोमबार खेल्नेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →