नेपालले आज यमनसँग खेल्दै

फिफा विश्वकप २०२६ र एएफसी एसियन कप–२०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले आज अन्तिम खेल यमनसँग प्रतिस्पर्धा गर्दैछ ।
समूह “एच” मा रहेको नेपाल र यमनबीचको खेल साउदी अरेबियाको दमामस्थित प्रिन्स मोहम्मद बिन फहद रंगशालामा नेपाली समय अनुसार रातीको ११ः४५ बजे सुरु हुनेछ ।
नेपालले पहिलो लेगमा यमनसँग २-० ले पराजित भएको थियो ।नेपाल समूह एच मा अंक विहिन रहेको छ भने यमनको ४ अंक रहेको । नेपालले हाल सम्म पांच खेलमा कुनै पनि खेल जितेको छैन। यमन भने एक जित , एक बराबरी र ३ खेलमा हार व्यहोरेको छ । नेपालले हाल सम्म कुनै गोल पनि गरेको छैन। यस अघि युएई सँगको खेलमा नेपालको दुई प्रहार क्रसबारमा लागि गोल विहिन भएको थियो। नेपाली टोलीले आज भने गोलको खडेरी तोड्ने लक्ष्य साथ मैदानमा उत्रिने छ।
नेपाली टोली:
गोलकिपर: किरन चेम्जोङ (कप्तान), विशाल सुनार, अभिषेक बराल
डिफेन्डर: अभिषेक लिम्बू, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, सौभाग्य राई, सनिश श्रेष्ठ, रोहित चन्द
मिडफिल्डर: भरत खवास, लाकेन लिम्बू, मणि कुमार लामा, मनिष डाँगी, सुमन श्रेष्ठ, वसन्त जिम्बा, आशिष राई
फरवार्ड: जिलेस्पी जंग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट, आयुष घलान, आशिक बाबु चौधरी
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |