← समाचारमा फर्कनुस्
Cricket Nov 02, 2024 · Swadesh

हङकङ सिक्सेस : अस्ट्रेलियामाथि नेपालको जित

हङकङ सिक्सेस : अस्ट्रेलियामाथि नेपालको जित

काठमाडौं । हङकङ सिक्सेसमा नेपालले अस्ट्रेलियालाई पराजित गरेको छ।

नेपालले अस्ट्रेलियालाई ११ रनले पराजित गरेको हो। नेपालले दिएको ११२ रनको लक्ष्य पाएको अस्ट्रेलियाले निर्धारित ६ ओभरमा १०० रन मात्रै बनाउन सक्यो। 

नेपालका लागि प्रतिश जिसीले तीन विकेट लिए भने लोकेश बम र बिबेक यादवले समान एक एक विके६ हात पारे। 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २ विकेट गुमाउँदै १११ रन बनाएको थियो। नेपालका लागि कप्तान सन्दीप जोराले ५१ रनको अर्धशतकीय पारि खेले । यस्तै लोकेश बम ३३ तथा बिबेक यादव र रासिद खान १२ रनको योग्दान दिए। 

नेपालले यसअघि आफ्नो पहिलो खेलमा शुक्रबार इंग्ल्यान्डलाई ६ विकेटले पराजित गरेको थियो। 

योसँगै नेपालले दुई खेलमा दुई जितसहति समूह विजेताको रुपमा क्वाटरफाइनलमा प्रवेश गरेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →