← समाचारमा फर्कनुस्
Cricket Feb 17, 2024 · Nepalsports

अनिल र आसिफको अर्धसतकमा नेपालको सान्दार जित

अनिल र आसिफको अर्धसतकमा नेपालको सान्दार जित

आईसीसी क्रिकेट वर्ल्ड कप लिग टू अन्तर्गत आज भएको नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालले ९ विकेटले जित हात पारेको छ। नेदरल्याण्ड्सले दिएको १३८ रनको लक्ष्यलाई नेपालले १५.२ ओभरमा १ विकेट गुमाउदै जित हात पारेको हो।


नेपालका लागि अनिल साहले अविजित सर्वाधिक ५७ बनाए। उनले ३६ बलमा ४ छक्का र ६ चौका प्रहार गर्दै ५७ रनमा बनाए। आसिफ सेख अविजित रहदै ४५ बलमा १ छक्का र ८ चौका प्रहार गर्दै ५४ रन बनाए।

कुशल भुर्तेलले ११ बलमा ३ छक्का र २ चौका प्रहार गर्दै २८ रनमा आउट भएको थियो।


नेदरल्याण्ड्सका लागि भिभियन किङ्गमाले एक विकेट लिएको थियो।


यस अघि कीर्तिपुर मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको नेदरल्याण्ड्स ३९ ओभरमा १३७ रनमा आलआउट भएको थियो ।


नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ४ विकेट लिएका थिए।  ललित राजवंशीले १० ओभरमा ३२ रन खर्चिएर २ विकेट लिए । सोमपाल कामील र कप्तान रोहित पौडेलले समाव एक एक विकेट लिए ।


नेदरल्याण्ड्सको इनिङ्समा कप्तान स्कट एडवर्डसले सर्वाधिक ३३ रन बनाए । उनलाई भुर्तेलले बोल्ड गरेका थिए । बास डी लिडे २७ र साइब्रान्ड एनगेलब्रेक्टले २३ रनको योगदान दिए । अन्य ब्याटरको प्रर्दशन उल्लेख्य रहन सकेन ।


दुवै टिम सन् २०२७ को विश्वकप छनोटको रुपमा रहेको लिग टूको प्रतिस्पर्धामा उत्रिएका हुन् । नेपालले पहिलो खेल नामिबियासँग पराजित भएको थियो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →