← समाचारमा फर्कनुस्
नेपालले जित्यो मलेसियाविरुद्धको टी-२० सिरिज

काठमाडौं। नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले मलेसियासँगको टी-२०आई शृंखला जितेको छ।
बुधबार विहान सम्पन्न पाँचौं तथा निर्णायक खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराउँदै शृंखला ३-२ ले जितेको हो।
मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले १८ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो। रुबी पोदारले सर्वाधिक २६ रन बनाइन्।
पूजा महतोले २३ रन बनाइन्। रुबिना क्षेत्री १५ रनमा अविजित रहिन्। मलेसियाकी नुर दानिया स्युहादा, आइसा एलिसा, आइना हमिजा, नुर आलिया बत्रिसिया र माहिरा इजातीले १-१ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ६ विकेट गुमाएर १०३ रन बनाएको थियो। कप्तान विनिफ्रेड दुराइसिंघामले सर्वाधिक ४० रन बनाइन्।
नेपालकी कविता कुँवरले ४ ओभरमा १६ रन दिएर ३ विकेट लिइन्। राजमती ऐरीले पनि ३ विकेट लिइन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |