← समाचारमा फर्कनुस्
Cricket Nov 01, 2024 · Swadesh

इङल्याण्डमाथि नेपालको शानदार जित

इङल्याण्डमाथि नेपालको शानदार जित

काठमाडौँ । नेपालले हङकङ सिक्सेसमा विजयी शुरुवात गरेको छ। 

शुक्रबार बिहान भएको खेलमा नेपालले इङल्याण्डलाई ६ विकेटले पराजित गरेको हो।

इङल्याण्डले दिएको ९८ रनको लक्ष्य पछाएको नेपालले ४.२ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो।

नेपालका लागि कप्तान सन्दीप जोराले ५० रन बनाएका थिए भने लोकेश बमले २० तथा राशिद खानले २१ रन बनाएका थिए।   

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको इङल्याण्डले ५.५ ओभरमा अलआउट हुँदै ९७ रन बनाएको हो।

इङल्याण्डका लागि कप्तान रवि भोपाराले ४९ रन बनाएका थिए भने समित पटेलले ३९ रन बनाएका थिए।

त्यस्तै नेपाली बलर प्रतिष जिसीले २ विकेट लिएका थिए भने नारायण जोशी, बिबेक यादव र लोकेश बमले एक एक विकेट लिएका थिए।

अब नेपालले अर्को खेल शनिबार अस्ट्रेलियासँग खेल्ने छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →