कतारविरुद्ध नेपालको सहज जित

काठमाडौं। नेपालले चारदेशिय टी–२० सिरिजमा सुखद सुरुआत गरेको छ। बुधबार सम्पन्न पहिलो खेलमा नेपालले कतारलाई आठ विकेटले पराजित गरेको हो।
कतारले प्रस्तुत गरेको १५२ रनको लक्ष्य पछ्याएको नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै १५४ रन बनायो।
नेपालका ओपनर कुशल भुर्तेलले सर्वाधिक ३८ रन बनाए। १९ बल खेलेका उनले चार चौका र तीन छक्का प्रहार गरे। अर्का ओपनर आसिफ शेखले २१ बलमा चार चौकासहित ३३ रन बनाए।
यी दुईले पहिलो विकेटका लागि ८१ रनको साझेदारी गर्दै नेपाललाई जितनजिक पुर्याएका हुन्। त्यसमा कप्तान रोहितकुमार पौडेलले ३७ र बसीर अहमदले ३० रन थपिदिए। यी दुवै ब्याटर अविजित रहे।
कतारका मुजीब–उल–रहमानले दुई विकेट लिए। तीन ओभर बलिङ गरेका उनले १२ रन खर्चिए।
त्यसअघि मिसन रोड मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको कतारले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५१ रनको योगफल तयार गरेको थियो।
यो नतिजासँगै नेपालले दुई अंक बटुलेको छ। अब नेपालले बिहीबार दोस्रो खेलमा कुवेतलाई चुनौती प्रस्तुत गर्नेछ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |