नेपाल ३७ रनले विजयी

काठमाडौं । ओमानमाथि नेपालले जित हासिल गरेको छ।
आइतबार राति सम्पन्न क्यानडा त्रिकोणात्मक टी२० सिरिज अन्तर्गत दोस्रो खेलमा नेपालले ओमानलाई ३७ रनले पराजित गरेको हो।
नेपालले दिएको १७७ रनको लक्ष्य पछाएको ओमान १९.१ ओभरमा अल आउट हुँदै १३९ रन मात्र बनाउन सक्यो।
ओमानका लागि शोएब खानले सर्बाधिक ४५ रन बनाए भने राफिउल्ल्हले ३३ रन बनाएका थिए।
यता, नेपाली बलर करण केसीले ३ विकेट लिएका थिए भने कुशल भुर्तेल र गुलशन झाले २(२ विकेट लिएका थिए।
यस अघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको थियो।
नेपालका लागि गुलशन झाले सर्बाधिक ४० रन बनाए भने कुशल मल्लले ३०, अनिल शाह र आसिफ सेखले २७(२७, कुशल भुर्तेलले २० तथा दिपेन्द्र सिंह ऐरीले ५ बलमा १८ रन बनाएका थिए।
सिरिजमा दोस्रो खेलमा नेपालको यो पहिलो जित हो। यसअघि नेपाल घरेलु टोली क्यानडासँग पराजित भएको थियो।
नेपालले सिरिजमा अर्को खेल मंगलबार क्यानडासँग र बुधबार ओमानसँग खेल्ने छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |