← समाचारमा फर्कनुस्
Cricket Nov 26, 2025 · Swadesh

टी–२० विश्वकप : नेपाल समूह ‘सी’ मा, पहिलो खेल फेब्रुअरी ८ मा इंग्ल्यान्डसँग

टी–२० विश्वकप : नेपाल समूह ‘सी’ मा, पहिलो खेल फेब्रुअरी ८ मा इंग्ल्यान्डसँग

काठमाडौँ । आगामी टी–२० विश्वकपको खेल तालिका सार्वजनिक भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मंगलबार सार्वजनिक गरेको तालिका अनुसार नेपाल समूह ‘सी’ मा परेको छ।


नेपालको समूहमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली रहेका छन्। नेपालका सबै खेल भारतको मुम्बईमा हुनेछन्। सन् २०२६ फेब्रुअरी ७ देखि मार्च ८ सम्म आयोजना हुने यो टी–२० विश्वकप भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्नेछन्। प्रतियोगितामा २० देश सहभागी हुनेछन्।


नेपालको खेल तालिका 

फेब्रुअरी ८ : इंग्ल्यान्ड

फेब्रुअरी १२ : इटाली

फेब्रुअरी १५ : वेस्ट इन्डिज

फेब्रुअरी १७ : बंगलादेश


विश्वकपका समूहहरू

समूह 'ए' : भारत, पाकिस्तान, अमेरिका, नेदरल्याण्ड्स, नामिबिया

समूह 'बी' : श्रीलंका, अष्ट्रेलिया, आयरल्याण्ड, जिम्बाब्वे, ओमान

समूह 'सी' : इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश, नेपाल, इटाली

समूह 'डी' : न्यूजिल्यान्ड, दक्षिण अफ्रिका, अफगानिस्तान, क्यानडा, युएई

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →