← समाचारमा फर्कनुस्
Cricket Apr 13, 2025 · Swadesh

नेपालको विजयी सुरुआत

नेपालको विजयी सुरुआत

काठमाडौं। घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा विजयी सुरुआत गरेको छ।

तल्लो मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार सम्पन्न पहिलो खेलमा नेपालले युएईलाई डकवर्थ–लुइस मेथड (डिएलएस)मार्फत पाँच रनले पराजित गरेको हो। जितसँगै नेपालले दुई अंक हासिल गरेको छ।

नेपालले प्रस्तुत गरेको २०१ रनको लक्ष्य पछ्याइरहेको युएईले ३६ ओभरमा सात विकेट गुमाउँदै १७१ रन बनाएको थियो। तर, वर्षा र खराब प्रकाशका कारण खेल रोकिएको थियो। युएईलाई डिएलएसबाट जित्न १७६ रनको खाँचो थियो। तर, चार ओभरअघि नै समाप्त गर्दा युएईको स्कोर बोर्डमा १७१ रन मात्रै भएपछि नेपाल पाँच रनले विजयी हुन पुगेको हो।

युएईका किरण राईले सर्वाधिक १०४ रन बनाए। अविजित रहेका उनले ९६ बलमा आठ चौका र पाँच छक्का प्रहार गरेका थिए। मुहम्मद रायन खानले ५१ बलमा तीन चौका र दुई छक्कासहित ३५ रन बनाए। करण धिमन १५ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

नेपालका अशोक धामी र सन्तोषकुमार यादवले समान दुई विकेट रह्यो। यस्तै, अभिषेक तियारी र नरेन भट्टले समान एक विकेट लिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →