एसिटीविरुद्ध नेपालको लगातार दोस्रो जित

काठमाडौं। नेपालले टी२० अभ्यास खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी)माथि लगातार दोस्रो जित निकालेको छ।
मंगलबार सम्पन्न खेलमा दोस्रो खेलमा नेपाल ६ विकेटको जित निकालेको हो। पहिलो अभ्यास खेलमा नेपाल ४१ रनले विजयी भएको थियो।
एसिटीले दोस्रो खेलमा प्रस्तुत गरेको ९७ रनको लक्ष्य नेपालले १३.२ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अविजित ४२, गुल्शनकुमार झाले २३ र आरिफ शेखले अविजित ११ रन बनाए।
एसिटीका लागि एसिटीका लागि इसाम रहमानले दुई तथा लुइस इभन्स र देव दुबे समान एक विकेट लिए।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एसिटी १७।२ ओभरमा ९६ रनमै समेटियो। एसिटीका लागि निक ब्रोएसले १६, ज्याक केओघ, मिकी म्याकनमारा र टम होगनले समान १५ तथा जेक स्मिथले १० रन बनाए।
नेपालका लागि दीपेन्द्रसिंह ऐरी र शाहब आलमले समान चार तथा कप्तान रोहितकुमार पौडेल र गुल्शनकुमार झाले समान एक विकेट लिए।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |