स्कटल्यान्डविरुद्ध नेपालको संघर्षपूर्ण जित

काठमाडौँ । नेपालले घरेलु टोली स्कटल्यान्डविरुद्ध २ विकेटको संघर्षपूर्ण जित हासिल गरेको छ।
त्रिकोणात्मक टी-२० सिरिजमा स्कटल्यान्डले दिएको ९८ रनको लक्ष्य पछाएको नेपालले १९.५ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो।
नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ३० रन बनाए भने दिपेन्द्र सिंह ऐरीले १४ र बसिर अहमदले १३ रन बनाए। त्यस्तै किरण ठगुन्नाले १० रन बनाए भने लोकेस बमले ९, कप्तान रोहित पौडेलले ७, अनिल शाहले ३ र रुपेश सिंहले ३ रन बनाए। करण केसीले अविजित ३ रन बनाए।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डले १९.४ ओभरमा अलआउट हुँदै ९७ रन बनाएको थियो।
स्कटल्यान्डका लागि माइकल लिस्कले सर्वाधिक ४६ रन बनाए भने कप्तान माथ्यु क्रसले १५ रन बनाएका थिए।
नेपालका सन्दीप लामिछानेले ४ विकेट लिए भने दिपेन्द्र सिंह ऐरी र करण केसीले २/२ तथा ललित राजबंशीले एक विकेट लिए।
योसँगै यस सिरिजमा नेपालले दोस्रो खेलमा पहिलो जित हासिल गरेको छ। अब सिरिज अन्तर्गत बुधबार स्कटल्यान्ड र नेदरल्यान्ड्स खेल्दैछन्।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |