← समाचारमा फर्कनुस्
Cricket Oct 12, 2025 · Swadesh

यूएईमाथि नेपालको एक रनको रोमाञ्चक जित

यूएईमाथि नेपालको एक रनको रोमाञ्चक जित

नेपाल आईसीसी ट्वान्टी ट्वान्टी विश्वकप एसियन एन्ड इस्ट एसिया प्यासिफिकको सुपर–सिक्सको आइतबारको खेलमा यूएईमाथि एक रनको रोमाञ्चक जित रचेको छ । यो जितपछि नेपालको दुई खेलबाट चार अंक भएको छ र विश्वकप छनोटको नजिक पुगेको छ ।

 

ओमानको अल अमिरत स्थित ओमान क्रिकेट स्टेडियममा जितका लागि १ सय ४१ रनको लक्ष्य पाएको यूएईले नौ विकेटमा १ सय ३९ रन मात्र बनाउन सकेको थियो । यूएईका लागि एसिलसन सरफुले सर्वाधिक ५८ रन बनाए । उनले ४० बलको आक्रामक इनिङ्समा तीन चौका र पाँच छक्का प्रहार गरे ।


ध्रुव परासरले इनिङ्सको अन्त्यतिर १८ बलमा ३२ रन बनाएपछि खेल रोमाञ्चक मोडमा पुगेको थियो । यूएईलाई जितका लागि अन्तिम ओभरमा १० रन चाहिएको थियो र त्यसमा दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट बलिङ गर्दै नेपालको जित निश्चित गरे ।


यस अगाडि नेपालले टस जितेर पहिले ब्याटिङको निर्णय गरेको थियो र यसक्रममा छ विकेट गुमाएर १ सय ४० रन बनएको थियो । नेपालका लागि ओपनर आसिफ सेखले सर्वाधिक ५१ रनको योगदान गरे । उनले ४७ बलको सामना गरेर चार चौका र एक छक्का प्रहार गरे ।


यस्तै अर्का ओपनर कुशल भुर्तेलले २६ बलमा २८ रन बनाए । उनीहरूले पहिलो विकेटका लागि ५६ रनको साझेदारी गरे । त्यसपछि यूएई खेलमा फर्केको थियो । उसको धारिलो बलिङका अगाडि नेपालले खुलेर रन बनाउन सकेन् र अपेक्षित स्कोर खडा गर्न सकेन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →