← समाचारमा फर्कनुस्
Cricket Nov 06, 2024 · Swadesh

नेपालको सानदार सुरुआत

नेपालको सानदार सुरुआत

काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालले सानदार विजयी सुरुआत गरेको छ। 

युएईको द सेभेन रंगशालामा बुधबार सम्पन्न खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले पराजित गरेको हो।

नेपालले दिएको १०३ रनको लक्ष्य पछाएको थाइल्यान्ड ११.४ ओभरमा सबै विकेट गुमाउँदै ३५ रन मात्रै बनाउन सक्यो। 

थाइल्यान्डका लागि अपिसरा सुवान्चोरथीले १३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। थाइल्यान्डलाई कम स्कोरमा रोक्न नेपालका लागि रचना चौधरी तीन विकेट लिइन्। यस्तै, पूजा महतो र रिया शर्माले दुई दुई विकेट लिँदा कृष्मा गुरुङ र मनिषा उपाध्यायले एक विकेट हात पारिन्। 

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०२ रन बनाएको थियो। 

नेपालको लागि ब्याटिङमा पूजा महतोले सर्वाधिक ३५ रन बनाइन्। सीमाना केसी र सोनी पाख्रिनले १९ रन बनाए। अलिशा कुमारी यादव र साबित्रा धामी समान सात, साना प्रविन पाँच रन र ज्योत्सिका मरासिनी चार बनाइन्।

थाइल्यान्डका लागि चारुकन साइमाले दुई र सुनिसा बोङ्कोडफोंगम्पाईले एक विकेट लिए।

अब नेपालले बुधबार कुवेतको सामना गर्नेछ। 

आगामी १३ नोभेम्बरसम्म हुने प्रतियोगितामा नेपाल र थाइल्यान्डसँगै युएई र कुवेतले सहभागिता जनाएका छन्।

सबै टोलीले एक अर्कासँग दुई खेल खेलेपछि शीर्ष स्थानमा रहने टोली विश्वकपका लागि छनोट हुनेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →