← समाचारमा फर्कनुस्
Cricket Jun 20, 2025 · Swadesh

नेदरल्यान्ड्समाथि नेपाल ६ विकेटले विजयी

नेदरल्यान्ड्समाथि नेपाल ६ विकेटले विजयी

काठमाडौं। नेपालले स्कटल्यान्डमा जारी टी–२० त्रिकोणात्मक सिरिजमा नेदरल्यान्ड्सलाई हराउँदै लगातार दोस्रो जित दर्ता गरेको छ। 

पहिलो खेलमा नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा २ विकेटले पराजय बेहोरेको नेपालले सोही टोलीविरुद्ध बिहीबार ६ विकेटको जित निकाल्दै बदला लिएको हो।

नेदरल्यान्ड्सले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपालले १९.४ ओभरमा ४ विकेट गुमाइ १८० रन बनाएको हो। नेपाललाई जित दिलाउन कुशल नायक बने। उनले ५१ बलमा ६ चौकासहित ६५ रन बनाए। 

९.४ ओभरमा ४४ रन बनाउँदा जीवनदान पाएका थिए। विक्रमजित सिंहको बलमा नोहा क्रोसले उनको क्याच छुटाए। त्यसपछि उनले २१ रन आफ्नो व्यक्तिगत खातामा थपेका हुन्।

कुशल उनले ५० रन बनाउन ३८ बल खेले। यसक्रममा उनले ६ चौका प्रहार गरे। कुशल टी-२० आईमा नेपाली टोलीबाट सर्वाधिक ११ अर्धशतक प्रहार गर्ने खेलाडी पनि बनेका छन्। उनले ३५ बलमा अर्धशतक प्रहार गरेका थिए। उनलाई ९ अर्धशतकसहित दीपेन्द्रसिंह ऐरीले पछ्याइरहेका छन्।

भीम सार्की २७, आसिफ शेख ७ र कप्तान रोहितकुमार पौडेल ५ रनमा आउट हुँदा आरिफ ३९ रनमा रिटायर्ड हट भए। दीपेन्द्र १६ र लोकेश बम १२  रनमा अविजित रहे।

नेदरल्यान्ड्सका बेन फ्लेचर, आर्यन दत्त, ज्याक लिओन र रोएलफ भ्यान डेरले समान एक विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रन बनाएको योगफल खडा गरेको थियो।

नेपालका करण केसीले सर्वाधिक २ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले ४० रन खर्चिए। ललितनारायण राजवंशी, दीपेन्द्रसिंह ऐरी, रुपेश सिंह र सन्दीप लामिछानेले समान १ विकेट आफ्नो नाममा लेखाए।

यसअघि स्कटल्यान्डलाई २ विकेटले पराजित गरेको नेपाल लगातारको जितसँगै ४ साथ शीर्ष स्थानमा समेत उक्लिन सफल भएको छ। नेपालले अंक तालिकामा नेदरल्यान्ड्स भने जितमा ह्याट्रिक गर्न चुकेको छ। नेपालभन्दा एक खेल बढी (४) खेलेको नेदरल्यान्ड्सको पनि समान ४ अंक नै छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →