नेपालविरुद्ध खेल्ने वेस्ट इन्डिजको टिमको घोषणा

काठमाडौं। क्रिकेट वेस्ट इन्डिजले संयुक्त अरब इमिरेट्स (यूएई)मा हुन लागेको नेपालविरुद्धको टी२० क्रिकेटका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ।
टिममा उदीयमान र भेट्रान खेलाडीहरूलाई समावेश गरिएको छ। नेपालविरुद्धको सिरिजका लागि अकिल होसिनलाई कप्तान बनाइएको छ। टिममा ६ जना सम्भावित डेब्यु खेलाडीहरू समावेश छन्। यो सिरिजलाई आईसीसी टी२० विश्वकपको तयारीको रुपमा लिइएको छ।
वेस्ट इन्डिजको टोलीः
अकिल होसिन (कप्तान), फाबियन एलन, ज्वेल एन्ड्र्यू, अकीम अगुस्ते, नभिन बिडाइसे, जेदियाह ब्लेड्स, केसी कार्टी, करिमा गोर, जेसन होल्डर, अमिर जङ्गु, काइल मायर्स, ओबेड म्याककॉय, जिशान मोटारा, रेमन सिमन्ड्स, शमार स्प्रिङ्गर
खेल तालिका
पहिलो टी२०आईः सेप्टेम्बर २७, २०२५, शारजाह, यूएई
दोस्रो टी२०आईः सेप्टेम्बर २९, २०२५, शारजाह, यूएई
तेस्रो टी२०आईः सेप्टेम्बर ३०, २०२५, शारजाह, यूएई
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |