← समाचारमा फर्कनुस्
फिफा विश्वकप छनोट: युएईसँग खेल्दै नेपाल

काठमाडौँ- फिफा विश्वकप छनोट अन्तर्गत नेपाल र युएईबीचको खेल बिहीबार हुँदैछ।
नेपाली समयअनुसार राति साढे ९ बजे नेपालले दोस्रो चरणको पहिलो खेल युएईको दुबईमा खेल्नेछ।
दोस्रो चरणमा नेपाल रहेको समूहमा युएई, बहराइन र यमन छन्। दोस्रो चरणका खेलहरू होम एन्ड अवेमा २-२ खेलमा हुने भएकाले नेपालले ६ खेल खेल्नेछ।
मंसिर ५ मा नेपालले दोस्रो खेल यमनसँग दशरथ रंगशालामा साँझ ७ बजे खेल्नेछ।
चार टिममध्ये शीर्ष दुई टिम एसिया कपमा छनोट हुनेछन्। शीर्ष दुई टिम विश्वकपको तेस्रो चरणका लागि छानिनेछन्।
पुछारका दुई टिमको विश्वकप छनोट यात्रा सकिएपनि एसिया कपको तेस्रो चरणमा स्थान बन्नेछ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |