← समाचारमा फर्कनुस्
यमन र नेपालको खेल बेलुका ७ बजे हुने

काठमाडौँ– विश्वकप २०२६ एशिया क्षेत्र छनोट दोस्रो राउन्ड र एएफसी एशियन कप छनोटअन्तर्गत यमन र नेपालबीचको खेल साँझ ७ बजेदेखि हुने भएको छ
अखिल नेपाल फुटबल संघ एन्फाले मंगलबार प्रतियोगिताको तयारीबारे जानकारी दिँदै उक्त जानकारी दिएको हो। फिफा वरियतामा १५६औँ स्थानमा रहेको यमनसँग १७३औँ स्थानमा रहेको नेपालले मंसिर ५ गते खेल्ने तय छ।
प्रतियोगिताको अनुमानित बजेट ७३ लाख ६८ हजार ४०० रहेको प्रवक्ता सुरेश शाहले जानकारी दिए। खेलको टिकट एन्फा आफैँले बिक्री गर्नेछ। एन्फाले साधारण पारापिटतर्फ ४०० र भीआईपी पारापिटतर्फ एक हजार रुपैयाँ तोकेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |