← समाचारमा फर्कनुस्
Cricket Jun 12, 2024 · Swadesh

वर्षाको कारण नेपाल र श्रीलंकाबीचको खेल रद्द

वर्षाको कारण नेपाल र श्रीलंकाबीचको खेल रद्द

काठमाडौँ । आइसीसी टी२० विश्वकप अन्तर्गत समूह डी मा रहेको नेपाल र श्रीलंकाबीचको खेल वर्षाको कारण रद्द भएको छ। 

फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी मैदानमा विहानदेखि निरन्तर वर्षा भएपछि मैदान भिजेको थियो जसको कारण दुवै टोलीले १/१ अंक बाँडेका छन्।

नेपालको यससँगै २ खेलमा नेपालले पहिलो १ अंक जोडेको छ। यता ३ खेलमा १ अंक जोडेको श्रीलंका भने प्रतियोगिताबाट बाहिरिएको छ। यस समूहमा दक्षिण अफ्रीका ३ खेलमा ६ अंकका आठ सुपर ८ प्रवेश गरिसकेको छ। बंगलादेश र नेदरल्यान्ड्सको समान २ खेलमा २/२ अंक छ।

नेपालले अब आगामी शुक्रबार दक्षिण अफ्रीका र आइतबार बंगलादेशसँग खेल्ने तालिका रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →