← समाचारमा फर्कनुस्
Football Oct 17, 2023 · Nepalsports

नेपाल र लाओस भिड्दै

नेपाल र लाओस भिड्दै

काठमाडौँ । सन् २०२६ को फिफा विश्वकपको छनोट अन्तर्गत एशियन जोनको पहिलो चरणको अवे खेलमा नेपालले आज लाओसको सामना गर्दैछ।  

खेल नेपाली समय अनुसार साँझ ५:४५ बजे लाओसको राजधानी भ्येनट्यान स्थित लाओस राष्ट्रिय रंगशालामा सुरु हुने छ।

लाओस फिफा वरियतामा नेपालभन्दा पछाडी रहेको छ ।  लाओस अहिले फिफाको वरियतामा १८६औ स्थानमा छ भने नेपाल १७५औ स्थानमा रहेको छ ।  

यो खेलको विजेताले एशिया क्षेत्रको छनौटको दोस्रो चरणमा समुह एचमा स्थान बनाउने छ। जसमा युएइ र बहराइन रहेका छन् भने चौथो देश यमन र श्रीलंकाबीचको विजेता हुने छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →