नेपाल र बंगलादेश भिड्दै

काठमाडौं । साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिता अनतर्गत समूह ए को अन्तिम खेलमा आज घरेलु टोली नेपाल बंगलादेशबीच प्रतिस्पर्धा हुँदै छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यी दुइै टोलीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ। यो खेलको विजेता टोली समूह विजेता र पराजित हुने टोली समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश गर्नेछन्।
समूह ए मा लगातार दोस्रो हार भोग्दै श्रीलंका समूह चरणबाटै बाहिरि सकेको छ। श्रीलंका बाहिरिएसँगै नेपाल र बंगलादेश एक खेल अगावै सेमिफाइनल पुगिसकेका छन्।
समूह ए को विजेताले सेमिफाइनलमा समूह बी को उपविजेतासँग खेल्नेछ। समूह उपविजेताले समूह बी को विजेता टोलीसँग खेल्नेछ।
समूह चरणको पहिलो खेलमा श्रीलंकालाई १–० ले पराजित गरेको नेपाली टोली बंगलादेशलाई पराजित गर्दै समूह विजेताको रुपमा सेमिफाइनल खेल्न चाहन्छ।
यता श्रीलंकामाथि २–० को जित निकालेको बंगलादेशको टोली नेपाललाई घरेलु मैदानमा नै स्तब्ध पार्न चाहन्छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |