← समाचारमा फर्कनुस्
Cricket Jan 18, 2025 · Swadesh

आइसिसी महिला यु–१९ विश्वकप : नेपालले बंगलादेशसँगको सामना गर्दै

आइसिसी महिला यु–१९ विश्वकप : नेपालले बंगलादेशसँगको सामना गर्दै

काठमाडौँ । आइसीसी महिला यू–१९ टी–२० क्रिकेट विश्वकप अन्तर्गत नेपालले आज पहिलो खेल खेल्दै छ। 

युकेएम क्रिकेट ओभल, बाँगी, मलेसियामा हुने यो खेल नेपाली समय अनुसार बिहान १२:१५ बजेदेखि शुरु हुने छ।

विश्वकपमा नेपाल समुह डी मा रहेको छ। समुह डी मा नेपालसहित अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड रहेका छन्। नेपालले पहिलो खेल आज बंगलादेशसँग खेल्दै छ भने दोस्रो खेल जनवरी २० मा स्कटल्याण्डसँग खेल्दै छ। त्यस्तै तेस्रो खेल जनवरी २२ मा अस्ट्रेलियासँग खेल्ने तालिका रहेका छन्।

मलेसियामा जनवरी १८ देखि शुरु हुने यस विश्वकपमा १६ देशले भाग लिदै छन्। विश्वकप खेल्न पुजा महतोको कप्तानीमा १५ सदस्यीय टिम मलेसिया पुगेको छ।  

नेपाली टिम 

पुजा महतो ९कप्तान०, सोनी पाख्रिन ९उपकप्तान० साना प्रविन, ज्योत्सनिका मारसिनी, कुसुम गोदार, अलिशा कुमारी यादव, सावित्री धामी, क्रिश्मा गुरुङ, त्रिसना विक, किरण कुमारी कुनवार, रिया शर्मा, रचना चौधरी, सीमा केसी, स्नेहा महरा र अनु कडायत रहेका छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →