← समाचारमा फर्कनुस्
Cricket Oct 26, 2025 · Swadesh

लिग–२ : नेपालले अमेरिकासँग खेल्दै

लिग–२ : नेपालले अमेरिकासँग खेल्दै

काठमाडौँ। नेपालले आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको पहिलो खेल आज अमेरिकाविरुद्ध खेल्दैछ।


दुबईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार बिहान ११:१५ बजेदेखि सुरु हुँदैछ।


आइसीसीको एकदिवसीय वरियतामा नेपाल हाल १७औं स्थानमा छ भने अमेरिका १४औं स्थानमा छ। एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपाल र अमेरिका हालसम्म ९ पटक आमने सामने भएका छन्। जसमा दुवै देशले ४-४ खेल जितेका छन्। त्यस्तै एक खेल टाइ भएको थियो।


लिग २ को अंक तालिकामा अमेरिका २० खेलबाट २८ अंकसहित दोस्रो स्थानमा छ। नेपालले भने १६ खेलमा केवल ५ खेल जितेको छ।


यसअघि ओमानमा भएको टी–२० विश्वकप एशिया छनोट जितेर नेपाल अर्को वर्ष भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा पुगिसकेको छ। 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →