← समाचारमा फर्कनुस्
Football Jul 18, 2024 · Swadesh

फिफा वरीयतामा नेपालको स्थान यथावत

फिफा वरीयतामा नेपालको स्थान यथावत

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च निकाय (फिफा)ले नयाँ वरीयता सार्वजनिक गरेको छ। 

बिहीबार सार्वजनिक नयाँ वरीयता अनुसार नेपाली राष्ट्रिय पुरुष फुटबल टोली ९३५।९३ अंकका साथ १७५औं स्थानमा यथावत छ। 

सार्क देशमा नेपालभन्दा माथि भारत १२४औं र माल्दिभ्स १६३औं स्थानमा छन्। नेपालभन्दा तल भुटान १८२औं, बंगलादेश १८४औं, पाकिस्तान १९७औं र श्रीलंका २०५औं स्थानमा छन्। 

विश्व वरियतामा कोपा अमेरिका च्याम्पियन अर्जेन्टिना शीर्ष स्थानमै छ। दोस्रो स्थानमा फ्रान्स छ भने युरो कप जितेको स्पेन पाँच स्थान माथि उक्लदै तेस्रो स्थानमा पुगेको छ। 

युरो कपको फाइनलमा पराजित इंग्ल्यान्ड एक स्थानमाथि उक्लदै चौथो स्थानमा छ। 

पाँचौं स्थानमा ब्राजिल र छैटौं स्थानमा बेल्जियम छन्। ब्राजिल एक स्थान र बेल्जियम तीन स्थान तल झरेका छन्। 

नेदरल्यान्ड्स सातौं र दुई स्थान तल झरेको पोर्चुगल आठौं स्थानमा छन्। तीन स्थानमाथि उक्लिएको कोपा अमेरिका उपविजेता कोलम्बिया नवौं स्थानमा रहदा इटाली दशौं स्थानमा छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →