← समाचारमा फर्कनुस्
नेपालले युएईविरुद्ध खेल्दै

काठमाडौं । आइसिसी य–१९ महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत बुधबार नेपालले अन्तिम खेल घरेलु टिम युएईविरुद्ध खेल्दै छ।
दुबईस्थित द सेभेन स्टेडियममा हुने यो खेल दिउँसो ३:१५ बजेदेखि शुरु हुने छ।
जारी प्रतियोगितामा युएई ५ खेलमा सबै खेल जितेर १० अंकसहित शीर्ष स्थानमा छ भने नेपालले ५ खेलमा ४ जित र एक हार ब्यहोरेको नेपाल ८ अंकसहित दोस्रो स्थानमा छ।
आज हुने यस खेलले विश्वकपमा छनोट हुने टिमको निर्णय लिने छ। नेपाल यस खेलमा जित्नैपर्ने अवस्थामा रहेको छ। २ अंकले पछि रहेको नेपालले युएईलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिने योजनामा छ।
छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |