← समाचारमा फर्कनुस्
लिग-२: नेपाल र युएई भिड्दै

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिज अन्तर्गत आज नेपाल र युएईबीच खेल हुँदैछ।
दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने याे खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरू हुनेछ।
यस सिरिजमा नेपाल र युएई दुवै आफ्नाे पहिलाे खेलमा अमेरिकासँग पराजित भएका थिए। नेपालले अमेरिकासँग १०६ रनको हार बेहोरेको थियो भने युएईले अमेरिकासँग ४ विकेटको हार बेहोरेको थियो।
नेपाल र यूएईले हालसम्म एकदिवसीय खेलमा एक अर्काविरूद्ध १५ खेल खेलेका छन्, जसमा नेपालले ९ खेल जितेको छ भने युएईले ६ खेल जितेको छ।
विश्वकप लिग-२ मा १२ अंकसहित नेपाल सातौं स्थानमा छ। युएईको ६ अंक छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |