भारतको ब्यान्लोरमा अभ्यास खेलका लागि टोला घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले भारतको ब्यान्लोरमा आगामी नोभेम्बर १२ देखि २२, २०२६ सम्म सञ्चालन हुने नेपाल यु-१९ महिला अभ्यास टी-२० सिरिजका लागि १५ सदस्यीय नेपाली टिमको घोषणा गरेको छ।
संघद्वारा जारी प्रेस विज्ञप्ति अनुसार सोनी पाख्रिन (कप्तान) को नेतृत्वमा रहेको टिममा रचना कुमारी चौधरी, रिया शर्मा, प्रिन्सा राना मगर, टिका साह, अन्जला पाठक, साक्षी यादव, सावित्री धामी, मनीषा चौधरी, आशिका कुमारी महरा, आम्रा चौधरी, प्रथा श्रेष्ठ, ज्योत्स्ना मरासिनी, पूर्णिमा राजवंशी र तिर्सना विश्वकर्मा रहेका छन्।
यस अभ्यास सिरिजले आगामी प्रतियोगिताहरूको तयारीका लागि युवा महिला खेलाडीहरूलाई महत्त्वपूर्ण अन्तर्राष्ट्रिय अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।
यू–१९ महिला टी–२० विश्वकप २०२६ आगामी जनवरी २१ देखि फेब्रुअरी ६ सम्म बंगलादेश र नेपालमा संयुक्त रूपमा आयोजना हुनेछ।
नेपालले आयोजकको हैसियतले सहभागिता जनाउनेछ र समूह 'ए' मा दुई पटकको विजेता भारत, वेस्ट इन्डिज र आयरल्यान्डसँगै रहेको छ। नेपाली टोलीले आफ्नो पहिलो खेल जनवरी २२ मा आयरल्यान्डविरुद्ध त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा खेल्नेछ।
प्रतियोगिताको उद्घाटन खेल जनवरी २१ मा आयोजक बंगलादेश र संयुक्त अरब इमिरेट्स बीच हुनेछ। समूह चरण जनवरी २६ सम्म चल्नेछ, त्यसपछि सुपर सिक्स चरण सुरु हुनेछ। सेमिफाइनल फेब्रुअरी ४ मा र फाइनल फेब्रुअरी ६ मा चटगाउँमा हुनेछ।
यो प्रतियोगिता नेपालका लागि महत्त्वपूर्ण अवसर हो, किनकि यसले विश्वस्तरीय युवा महिला क्रिकेट प्रतियोगिताको आयोजना गर्ने नेपालको क्षमतालाई देखाउनेछ र नेपाली युवा खेलाडीहरूलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय अनुभव प्राप्त गर्न सक्षम बनाउनेछ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |