← समाचारमा फर्कनुस्
यू–१९ एसिया कपः भारत र पाकिस्तानसँग खेल्दै नेपाल

काठमाडौं– एसियन क्रिकेट काउन्सिल (एसीसी)ले यू–१९ एसिया कप २०२३ को खेल तालिका सार्वजनिक गरेको छ।
तालिकाअनुसार समूह ‘ए’ मा नेपालसहित भारत, पाकिस्तान र अफगानिस्तान परेका छन्।
अर्को समूहमा बंगलादेश, श्रीलंका, युएई र जापान छन्।
नेपालले पहिलो खेल पाकिस्तानसँग २२ मंसिरमा दुबईको आईसीसी एकेडेमी ओभल–२ मा खेल्नेछ।
दोस्रो खेल अफगानिस्तानसँग २४ मंसिर २४ र समूहको अन्तिम खेल भारतसँग २६ मंसिरमा खेल्नेछ।
समूहका दुई शीर्ष टिम सेमिफाइनल पुग्नेछन् भने फाइनल १ पुसमा हुने तालिका सार्वजनिक भएको छ।
सन् २०२४ जनवरीमा श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्ने निश्चित भएको नेपालले यसअघि एसिया कप खेल्न लागेको हो।
नेपालले मलेसियामा भएको एसीसी प्रिमियर कप जितेर एसिया कप खेल्न लागेको हो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |