यू–१९ महिला क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं । एसिसी महिला यु–१९ एसिया कपअन्तर्गत सुपरसम्मको यात्रा तय गरेको नेपाली टोली आइतबार स्वदेश फर्किएको छ।
गत शुक्रबार भएको सुपर फोरको आफ्नो दोस्रो खेलमा बंगलादेशसँग नौ विकेटले पराजित भएसँगै प्रतियोगितामा नेपाल क्रिकेट टोली स्वदेश फर्किएको हो।
स्वदेश फर्किएको नेपाली टोली आइतबार अपरान्ह्र काठमाडौं आइपुगेको हो। काठमाडौं आइपुगेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रशिक्षक महेशप्रसाद रिजालले महिला यु–१९ क्रिकेट टोलीले राम्रो प्रदर्शन गरेको बताए। उनले आगामी दिनमा यो टोलीले अहिलेको भन्दा राम्रो प्रदर्शन गरेर नेपाललाई चिनाउने आशा व्यक्त गरे।
उनले भने, ‘जति राम्रो गर्नुपथ्र्यो त्यो गर्न सकिएन। तर पाकिस्तान जस्तो बलियो टिमसँग जित्नु नै हाम्रो लागि राम्रो प्लस पोइन्ट हो। अपेक्षा गरे अनुसार राम्रो नतिजा ल्याएको छ। तर आगामी दिनमा यो टोलीले अहिलेको भन्दा राम्रो प्रदर्शन गरेर क्रिकेटमा नेपाललाई चिनाउने छ।’
एसिया कपमा नेपाल समूह ‘बी’ को उपविजेता तथा बंगलादेशले समूह ‘ए’ को विजेताका रूपमा सुपर फोरको यात्रा तय गरेको थियो। नेपालले समूह ‘बी’ को उपविजेता र बंगलादेशले समूह ‘ए’ को विजेताका रूपमा सुपर फोरमा स्थान बनाएका थिए।
समूह चरणमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको नेपालले भारतसँग वर्षाका कारण अंक बाँडेको थियो्। सुपर फोरको पहिलो खेल वर्षाका कारण रद्द भएपछि नेपालले श्रीलंकासँग अंक बाँड्नुपरेको थियो।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |