TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Top Headlines Jul 05, 2025 · Swadesh

नेपाललाई यु-१६ इस्ट जोन कपको उपाधि

नेपाललाई यु-१६ इस्ट जोन कपको उपाधि

काठमाडौं। नेपालले एसिसि यु-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

शनिबार सम्पन्न फाइनल खेलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले उपाधि रक्षा गरेको हो।

सिंगापुरले दिएको ११४ रनको लक्ष्य पछ्याएको नेपालले २९ ओभरमा ८ विकेट गुमाउँदै ११७ रन बनाएको हो।

यही प्रतियोगितामा भएको पहिलो भेटमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गर्दै समूह विजेता बनेको थियो। 

नेपालको जोय थापाले अविजित रहँदै सर्वाधिक २४ रन बनाए। ५३ बल खेलेका उनले ३ चौका  प्रहार गरे। अभय यादव १० रनमा अविजित रहे।

नेपालले ५८ रन बनाउँदा नै ५ विकेट गुमाइसकेको थियो। तर, जोयले सम्हालिँदै नेपाललाई जित दिलाए। 

जोयले शुभम खनालसँग ३३ र अभयसँग अविजित २५ रनको साझेदारी गरेका थिए।

नेपालका शिवान्स बजगाईं २०, शुभव खनाल १८, प्रशिद्ध जैशी १७ र परिमार्जन यादव १३ रनमा पभलियन फर्किए।

सिंगापुरका कपिस वैंकटरमनले सर्वाधिक ४ विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन्। उनले ६ ओभरमा जम्मा १८ रन दिए।

युवान पाण्डेको नाममा २ तथा वेदांश गुप्ता र आकाश तेजाले समान २ विकेट लिए।  

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →