← समाचारमा फर्कनुस्
Cricket Oct 29, 2024 · Swadesh

नेपालले स्कटल्याण्डसँग खेल्दै

नेपालले स्कटल्याण्डसँग खेल्दै

काठमाडौँ । आइसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिज आफ्नो दोस्रो खेलमा नेपालले आज स्कटल्याण्डसँग खेल्दै छ। नेपाली समयअनुसार यी दुई टोलीबीचको खेल राति ९स् १५ बजेदेखि डल्लासस्थित ग्राण्ड प्रेरी स्टेडियममा शुरु हुने छ। 

यस सिरिजको पहिलो खेलमा स्कटल्याण्डले अमेरिकालाई १० विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको छ भने नेपाल आफ्नो पहिलो खेलमा अमेरिकासँग पराजित भएको छ। 

नेपाल र स्कटल्याण्डबीच अहिलेसम्म ६ एकदिवसीय खेल भएका छन्। जसमा नेपालले ३ र स्कटल्याण्डले ३ खेल जितेका छन्। दुवैबीच पछिल्लो खेल २०२३ को फेब्रुअरीमा भएको थियो।   

सिरिजका लागि नेपाली टोली

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, ललित राजबंशी र सन्दीप लामिछाने रहेका छन्। 

अंक तालिका

लिग-२ को अङ्क तालिकामा नेपाल सातौँ स्थानमा रहेको छ। नेपालले अहिलेसम्म खेलेका ९ खेलमा केवल एक खेल मात्र जितेको छ भने ७ खेलमा पराजित भएको छ। जबकी एक खेल अनिर्णित हुँदा अंक बाँडेको थियो।

अहिलेसम्म १२ खेल खेल्दै १६ अंकसहित क्यानडा शीर्ष स्थानमा छ भने अमेरिका १० खेलमा १४ अंकसहित दोस्रो स्थानमा रहेको छ। त्यस्तै नेदरल्याण्डस ८ खेलमा १२ अंक हासिल गर्दै तेस्रो र स्कटल्याण्ड ८ खेलमा ११ अंक हासिल गर्दै चौथो स्थानमा छ भने नामिबिया १२ खेलमा १० अंक हासिल गर्दै पाँचौ स्थानमा छ।

त्यस्तै ओमान ८ खेलमा ६ अंक हासिल गर्दै छैटौं र नेपाल ९ खेलमा ३ अंक  हासिल गर्दै सातौं स्थानमा छ। त्यस्तै युएई ७ खेलमा २ अंक हासिल गरेर पुछारमा रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →