← समाचारमा फर्कनुस्
जापानलाई हराउँदै नेपाल तेस्रो

काठमाडौँ– चार देश सम्मिलित महिला टी२० श्रंखलामा नेपाल तेस्रो भएको छ।
आइतबार जापानलाई ४५ रनले पराजित गर्दै नेपाल तेस्रो भएको हो।
११६ रनको विजयी लक्ष्य पछ्याएको जापानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७० रन मात्र बनायो।
नेपालका संगिता राई, सीता रानामगर, इन्दु बर्मा, खुशी डंगोल र सोनि पाख्रिनले समान १–१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ११५ रन बनाएको थियो।
नेपालका पूजा महतोले ५१ बलमा ४ चौकासहित सर्वाधिक ४३ रनको योगदान दिइन्।
रोमा थापाले १९ बलमा ३ चौकासहित २२ तथा रुविना क्षेत्रीले १९ बलमा २ चौकासहित २१ रन बताए। कप्तान इन्दु बर्मा १२ रनमा आउट भइन्।
तान्जानिया र हङकङले आइतबार नै उपाधिका लागि खेल्ने छन्।
प्रतियोगितामा आयोजक हङकङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |