← समाचारमा फर्कनुस्
Cricket Apr 07, 2025 · Swadesh

हङकङ जाने नेपाली टोलीको बिदाइ

हङकङ जाने नेपाली टोलीको बिदाइ

काठमाडौं। हङकङमा हुने चारदेशिय टी–२०आई क्रिकेट सिरिज खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार टोलीको बिदाइ गरेको हो। यस्तै, क्यानले नियुक्त गरिसकेको भनिएका मुख्य प्रशिक्षक स्टुअर्ट ल अझै नेपाल आइपुगेका छैनन्। त्यसैले नेपालले ९ देखि १३ अप्रिलसम्म हुने सिरिज उनीबिना नै खेल्ने भएको हो। 

नेपाली टिम भने पूर्वकप्तान ज्ञानेन्द्र मल्लले सम्हाल्ने भएका छन्। उनले पछिल्लो समय नेपाल ‘ए’ क्रिकेट टिम सम्हालेका थिए।

सिरिजमा नेपाल र घरेलु टोली हङकङसहित कतार र कुवेतले सहभागिता जनाउने छन्। नेपालले बिहिवार कतारसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। 

दोस्रो खेल अप्रिल १० मा कुवेत र तेस्रो तथा अन्तिम खेल अप्रिल १२ मा हङकङसँग खेल्नेछ। लिग चरणमा शीर्ष दुई टोलीले फाइनल खेल्ने छन्। तेस्रो र चौथो स्थानमा रहने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →