विश्वकपअघि नेपाली टोलीले भारत र श्रीलंकामा अभ्यास खेल

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीले आउँदो विश्वकपलाई लक्षित गर्दै भारत र श्रीलंकामा स्थानीय टोलीहरूसँग अभ्यास खेल खेल्ने भएको छ।
विश्वकप जस्तो ठूलो प्रतियोगिताअघि टोलीलाई प्रतिस्पर्धात्मक रूपमा तयार पार्ने उद्देश्यले नेपाल क्रिकेट संघ (क्यान) ले यो तयारी तालिका तय गरेको हो।

क्यानका अनुसार नेपाली टोलीले एक साता श्रीलंकामा बिताउनेछ। सो अवधिमा टोलीले त्यहाँका स्थानीय तथा क्लबस्तरका टोलीहरूसँग अभ्यास खेल खेल्नेछ। श्रीलंका उपमहाद्वीपको बलियो क्रिकेट राष्ट्र भएकाले त्यहाँको अभ्यासले नेपाली खेलाडीलाई गुणस्तरीय प्रतिस्पर्धाको अनुभव दिलाउने विश्वास लिइएको छ।

श्रीलंकाको अभ्यास भ्रमणपछि नेपाली टोली भारत प्रस्थान गर्नेछ जहाँ विश्वकपको लिग चरणका खेल हुनेछन्। टोलीले मुम्बई सहरमा दुई अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ। विश्वकप खेल हुने वातावरण, पिच र मौसमसँग घुलमिल हुन यी अभ्यास खेल महत्वपूर्ण हुने क्यानको बुझाइ छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |