← समाचारमा फर्कनुस्
Cricket Oct 16, 2025 · Swadesh

अब नेपालको लक्ष्य उपाधि जित्ने

अब नेपालको लक्ष्य उपाधि जित्ने

नेपालले ट्वान्टी ट्वान्टी विश्वकप एसिया एन्ड इस्ट एसिया प्यासिफि छनोटको अन्तिम सुपर सिक्स खेलमा शुक्रबार समाओको सामना गर्नेछ । त्यस पनि जित निकाल्न सके नेपालले छनोटको उपाधि जित्नेछ । नेपाल अहिलेसम्म अपराजित छ र सुपर सिक्समा सबैभन्दा कमजोर रहेको समाओविरुद्ध जित अपेक्षित मानिएको छ । नेपाल यसअघि नै विश्वकपका लागि भने छनोट भइसकेको छ ।


सुपर सिक्सको आफ्नो अन्तिम दोस्रो खेलमा नेपालले बुधबार राति ओमानलाई ३८ रनले हरायो । नेपालले पहिले ब्याटिङ गर्दै नौ विकेटमा १ सय ५१ रन बनायो । जवाफमा ओमानले नौ विकेट नै गुमाएर १ सय १३ रन मात्र बनाउन सकेको थियो । ओमान पनि अबको विश्वकपका लागि छनोट भइसकेको छ ।  


नेपाल सुपर सिक्सको लिग तालिकामा आठ अंकसहित शीर्ष स्थानमा छ भने ओमान छ अंकमा दोस्रो स्थानमा छ । विश्वकपमा छनोट हुने तेस्रो टिमको भने निर्णय हुन बाँकी छ । अहिलेका लागि यूएई छ अंकमा तेसे स्थानमा छ । उसको पछाडि जापान र कतारको समान दुई अंक छ । समाओ भने शून्य अंकमा रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →