← समाचारमा फर्कनुस्
Football Nov 24, 2023 · Nepalsports

एनएसएलस आजदेखि, उद्घाटन खेलमा काठमाडौं र इलाम भिड्ने

एनएसएलस आजदेखि, उद्घाटन खेलमा काठमाडौं र इलाम भिड्ने

काठमाडौं, मंसिर ८ गते । दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) आजदेखि सुरू हुँदैछ।

उद्घाटन खेलमा शुक्रबार साबिक विजेता काठमाडौँ रेजर्स र नवप्रवेशी टोली स्पोर्टिङ इलाम खेल्दैछन्। खेल दशरथ रङ्गशालामा साँझ ६ बजेपछि सुरू हुनेछ। 

आगामी पुस १४ गतेसम्म चल्ने प्रतियोगितामा काठमाडौँ र इलामका साथै बुटवल लुम्बिनी एफसी, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स, एफसी चितवन, वीरगन्ज युनाइटेड र झापा एफसीले प्रतिस्पर्धा गर्नेछन्। अघिल्लो पटक खेलेको विराटनगर एफसी यस पटक सहभागी छैन। लिग चरणमा हरेक टिमले हरेक टिमसँग खेल्नेछन्। प्रतियोगितामा जम्मा ४० खेल हुनेछन्।

तालिकाको शीर्षस्थानमा रहनेले दोस्रो हुनेसँग पहिलो क्वालिफायर खेल्नेछ। त्यसपछि तेस्रो र चौथो स्थानमा रहनेबिच इलिमिनेटर हुनेछ। दोस्रो क्वालिफायरमा विजयी हुने टोलीसँग पहिलो क्वालिफायरमा पराजित हुने टोलीले खेल्नेछ। यो खेल जित्ने र पहिलो क्वालिफायरको विजेताबिच फाइनल खेल हुनेछ । 

यस्तै, अहिलेसम्म घोषणा नभए पनि विजेता हुनेले कम्तीमा ७० लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →