← समाचारमा फर्कनुस्
नेपाल स्ट्रीट प्रिमियर लिगका लागि टिम दर्ता प्रक्रिया सुरु

नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)का लागि टिम दर्ता प्रक्रिया सुरु गरिएको छ। डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुन लागेको यो लिग नेपालकै सबैभन्दा ठूलो टेनिस बलमा आधारित टी-१० क्रिकेट प्रतियोगिता हो।
लिगमा सहभागी हुन चाहने कम्पनीहरूले अनलाइन मार्फत वा इमेल [email protected] मार्फत मा इमेल गरेर फारम लिन सक्नेछन्। टिम छनोट ब्रिडिङ प्रणालीमार्फत हुने आयोजकले जनाएको छ।
दर्ता शुल्क प्रति टिम रु. ५०,००० हुनेछ भने यो फिर्ता नहुने जनाइएको छ। दर्ता मिति साउन १ देखि १५ (जुलाई १७–३१) सम्म रहनेछ।
दर्ताका लागि कम्पनी नेपालमा दर्ता भएको हुनुपर्ने, कर तिरेको प्रमाणपत्र हुनुपर्ने र सफा रेकर्ड भएको हुनुपर्ने उल्लेख गरिएको छ। अन्तर्राष्ट्रिय कम्पनीले फ्रेन्चाइज लिन चाहँदा स्थानीय कम्पनीसँग संयुक्त लगानी गर्नुपर्ने बताइएको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |