← समाचारमा फर्कनुस्
Cricket Apr 14, 2025 · Swadesh

नेपालको लगातार दोस्रो जित

नेपालको लगातार दोस्रो जित

काठमाडौं। घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा  लगातार दोस्रो जित हासिल गरेको छ। 

माथिल्लो मूलपानी क्रिकेट मैदानमा सोमबार सम्पन्न खेलमा नेपालले पाहुना टोली ओमानलाई आठ विकेटले पराजित गरेको हो। 

ओमानले प्रस्तुत गरेको ११८ रनको लक्ष्य नेपालले १४.३ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको हो। 

नेपाललाई लगातार दोस्रो जित दिलाउन ओपनर नीरजकुमार यादवले सर्वाधिक ४६ रन बनाए। ३१ बल खेलेका उनले पाँच चौका र दुई छक्का प्रहार गरे। अर्का ओपनर साहिल पटेलले ४२ बलमा तीन चौका र एक छक्का प्रहार गरे।

यी दुईबीच पहिलो विकेटका लागि ८५ रनको विशाल साझेदारी भएको थियो। नीरज ९.६ ओभरमा सौम्य भाविनको बलमा वर्षित साईबाट क्याच भए। साहिल भने १३.३ ओभरमा नेपालको स्कोर बोर्डमा १०६ रन हुँदा सौम्यकै बलमा हेमा रमेशबाट क्याच आउट भए। 

त्यसपछि क्रिजमा आएका कप्तान नरेन भट्टले १२ र सन्तोष यादवले १० अविजित रन बनाउँदै नेपालको जित पक्का गरे।

ओमनका सौम्यले दुवै विकेट लिए। ६ ओभर बलिङ गरेका उनले ३१ रन खर्चिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ३८ ओभरमा सबै विकेट गुमाउँदै ११७ रनको योगफल तयार गरेको थियो।

ओमानका जीत वज्रेश शाहले अर्धशतकीय इनिङ्स खेले। उनले ७८ बलमा चार चौकासहित ५२ रन बनाए। तर, उनको इनिङ्सले ओमानलाई पहिलो जित दिलाउन सकेन। ओपनर सिद्धार्थ शंकरले १६ र हेमा रमेशले १० रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

ओमानलाई सस्तैमा रोक्न नेपालका युवराज खत्रीले सर्वाधिक पाँच विकेट लिए। सात ओभर बलिङ गरेका उनले दुई मेडनसहित १५ रन खर्चिए। 

सन्तोषको नाममा दुई विकेट रहँदा दयान्द मण्डल, अपराजित पौडेल र अशोक धामीको नाममा समान एक विकेट रह्यो।

जितसँगै दोस्रो स्थानमा रहेको नेपालले दुई खेलबाट चार अंक पुर्‍याएको छ। नेपालले पहिलो खेलमा युएईलाई डिएलएसबाट पाँच रनले हराएको थियो।

ओमानको भने यो लगातार दोस्रो हार हो। पहिलो खेलमा अफगानिस्तानले ओमानलाई आठ विकेटले पराजित गरेको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →