← समाचारमा फर्कनुस्
Football Mar 01, 2024 · Swadesh

नेपाल फाइनलमा जोर्डनसंग पराजित

नेपाल फाइनलमा जोर्डनसंग पराजित

वाफ वुमन्स च्याम्पियनसिपमा नेपाल जोर्डन पराजित हुदै उप विजेता वनेको छ ।  नेपाललाई पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले पराजित गर्दै जोर्डनले प्रतियोगिताको उपाधि जितेको हो।  

खेल २–२ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो ।

खेलमा अग्रता नेपालले २९ औं मिनेटमा सविता राना मगरको गोलमा लिएको थियो । जोर्डनका लागि ७३ औं मिनेटमा लाना फिरसले बराबरी गोल फर्काएकी थिईन् । 

खेलको ८९ औं मिनेटमा जोर्डनकी अबु सब्बाले गोल गर्दै टोलीलाई २-१को नतिजामा पुर्याएकी थिईन् । 

इन्जुरी समयमा प्राप्त पेनाल्टीमा गिता रानाले गोल गर्दै खेललाई पेनाल्टी सुटआउटमा धलेलिन् । पेनाल्टी सुटआउटमा अमृता जैशी चुकेपछि नेपालले उपाधि गुमाउन पुग्यो । 

नेपाल फाइनसमी सावित्रा भण्डारी बिना मैदान उत्रिएको थियो । साबित्राले वाफ वुमन्स च्याम्पियनसिपमा ९ गोल गर्दै सर्वाधिक गोलकर्ताको बनेकी थिईन।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →