यूएई जितेसँगै नेपाल विश्वकपमा

नेपाल बुधबार मैदानमै नओर्लिदै भारत र श्रीलंकामा हुने ट्वान्टी ट्वान्टी विश्वकप २०२६ मा छनोट भएको छ । आईसीसी मेन्स ट्वान्टी ट्वान्टी वर्ल्डकप एसिया र इस्ट एसिया प्यासिफिक क्वालिफायरको सुपर–सिक्सको खेलमा यूएईले समोआलाई ७७ रनले पराजित गरेपछि नेपालको छनोट औपचारिकता पूरा भएको हो ।
नेपालसँगै ओमान पनि अबको विश्वकपका लागि छनोट भएको छ । बुधबारकै अन्तिम खेलमा नेपाल र ओमान भिड्दै छन् । ओमानमा चलिरहेको प्रतियोगिताको अब लिग चरणका बाँकी खेलको नतिजा जस्तै भए पनि नेपाल र ओमानको सुपर–सिक्समा शीर्ष तीनको स्थान निश्चित भएको छ।
शीर्ष तीन टिम नै विश्वकप प्रवेश गर्नर्छेन् । ओमान र नेपाल दुवै अहिलेसम्म अपराजित रहेको छ र दुवैको समान छ अंक छ । नेट रन रेटमा ओमान अगाडि छ । अब विश्वकप खेल्ने तेस्रो टिमको मात्र निर्णय हुन बाँकी छ । नेपाल ट्वान्टी ट्वान्टी विश्वकपमा छनोट भएको यो तेस्रो पल्ट हो ।
यूएई चार अंकमा अहिलेको लागि तेस्रो स्थानमा उक्लेको छ । अल इमिराट क्रिकेट ग्राउन्डमा पहिले ब्याटिङ गरेको यूएईले चार ओभरमा २ सय २५ रनको स्कोर खडा गरेको थियो । जवाफमा समोआले आठ विकेट गुमाएर एक सय ४८ रन मात्र बनाउन सक्यो ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women