TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Cricket Jul 07, 2026 · Swadesh

अक्सनपछि एनपीएलका फ्रेन्चाइजी कस्ता बने?

अक्सनपछि एनपीएलका फ्रेन्चाइजी कस्ता बने?

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सोमबार मिनी अक्सन सम्पन्न भएको छ।

काठमाडौंको एक होटलमा सम्पन्न अक्सनमा कुल १५५ खेलाडी सूचीकृत थिए। तीमध्ये ‘ए’ श्रेणीमा ५, ‘बी’ श्रेणीमा २७ र ‘सी’ श्रेणीमा १२३ खेलाडी रहेका थिए।

आठवटै फ्रेन्चाइजीले अक्सनमार्फत ५२ खेलाडी अनुबन्ध गरे। रिटेन गरिएका खेलाडीसहित सबै टोलीले प्रारम्भिक १४ सदस्यीय टोली तयार गरिसकेका छन्। अब सबै फ्रेन्चाइजीको ध्यान विदेशी खेलाडी अनुबन्धतर्फ केन्द्रित हुनेछ।

चितवन राइनोज

चितवनले मार्की खेलाडी कुशल मल्लसँगै दीपक बोहोरा, देव खनाल, रिजन ढकाल, कमलसिंह ऐरी, रन्जीत कुमार र अर्जुन साउदलाई रिटेन गरेको छ। अक्सनबाट आशिक धामी, विपिन रावल, मौसम ढकाल, गौतम केसी, विवेककुमार यादव र सलाउद्दीन खानलाई टोलीमा भित्र्याएको छ।

लुम्बिनी लायन्स

साविक विजेता लुम्बिनीले रोहित पौडेलसँगै सन्दीप जोरा, शेर मल्ल, दिनेश अधिकारी, दिलीप नाथ, अभिषेक गौतम र तिलक भण्डारीलाई रिटेन गरेको छ। अक्सनबाट अरनिको यादव, दुर्गेश गुप्ता, आकाश त्रिपाठी, आसिफ शेख, किशोर महत्तो र अजय चौहानलाई अनुबन्ध गरेको छ।

सुदूरपश्चिम रोयल्स

साविक उपविजेता सुदूरपश्चिमले मार्की खेलाडी दीपेन्द्रसिंह ऐरीसँगै अभिनाश बोहरा, आरिफ शेख, विनोद भण्डारी, इसान पाण्डे, हेमन्त धामी र हिक्मत महरालाई रिटेन गरेको छ। अक्सनबाट सचिन भट्ट, आयुब चन्द, अनिल खरेल, दीपक बोहोरा, मिलन बोहोरा र टेक रावतलाई टोलीमा समेटेको छ।

विराटनगर किंग्स

विराटनगरले मार्की खेलाडी सन्दीप लामिछानेसँगै लोकेश बम, बसिर अहमद, नारायण जोशी, प्रतिश जिसी र सुबास भण्डारीलाई रिटेन गरेको छ। अक्सनबाट सुजन थपलिया, अपराजित पौडेल, प्रतीक श्रेष्ठ, रुपेशकुमार सिंह, नरेन साउद, दिलसाद अली र इमरान शेखलाई अनुबन्ध गरेको छ।

काठमाडौं गोर्खाज

काठमाडौंले करण केसीसँगै भीम सार्की, आदिल आलम, राशिद खान, सन्तोष यादव र शाहाब आलमलाई रिटेन गरेको छ। अक्सनबाट प्रसिद्ध जैसी, दयानन्द मण्डल, सोनु देवकोटा, कृष्ण पौडेल, साहिल पटेल, देव शाह र सुयांशु कोइरालालाई टोलीमा भित्र्याएको छ।

जनकपुर बोल्ट्स

जनकपुरले मार्की खेलाडी ललित राजवंशीसँगै अनिलकुमार शाह, मयन यादव, विकास आग्री र आदित्य महतालाई रिटेन गरेको छ। अक्सनबाट सन्तोष कार्की, रित गौतम, आशुतोष पाण्डे, विशाल सुस्लिङ राई, अभिषेक तिवारी, विशाल पटेल, तृतराज दास र अमरसिंह राउतेलालाई अनुबन्ध गरेको छ।

कर्णाली याक्स

कर्णालीले मार्की खेलाडी सोमपाल कामीसँगै गुल्शन झा, नन्दन यादव, दीपकप्रसाद डुम्रे, पवन सर्राफ, युनिस विक्रम सिंह ठकुरी र युवराज खत्रीलाई रिटेन गरेको छ। अक्सनबाट सूर्य तामाङ, विपिनप्रसाद शर्मा, शुभ कन्साकार, सचिन शर्मा, दीपेन्द्र रावत र दिवान पुनलाई टोलीमा समेटेको छ।

पोखरा एभेन्जर्स

पोखराले मार्की खेलाडी कुशल भुर्तेलसँगै सागर ढकाल, अर्जुन कुमाल, विपिन खत्री, आकाश चन्द, किरण ठगुन्ना र दिनेश खरेललाई रिटेन गरेको छ। अक्सनबाट सन्नी विक, विवेक राना मगर, सुदीप अर्याल, अर्जुन घर्ती, प्रतीक पोखरेल र विपिन आचार्यलाई अनुबन्ध गरेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Sri Lanka Women Sri Lanka Women 1 0 0
4 Laos Women Laos Women 1 0 0
🏆FIFA World Cup — Group G
1 Belgium 3 5
2 Egypt 3 5
3 Iran 3 3
4 New Zealand 3 1
सबै समूह →